देश

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त


काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सर्वोत्तम सिमेन्टको आईपीओमा चलखेल गरेर आफ्नो सेयर लगानी गरेर विवादमा आएका भीष्मकुमार ढुंगानालाई सरकारले हटाएपछि चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्षविहीन थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई नियुक्त गरेको हो ।