राजनीति

एमाले अध्यक्ष ओली र कांग्रेस नेता रिजालबीच भेटवार्ता


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल बालकोट पुग्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो । एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुग्नुभएको हो ।

कांग्रेस नेता रिजालले भेटवार्ता भएको बताएपनि थप विषय भने खुलाउनु भएन । बिहीबार साँझ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको छलफल बोलाइएको छ ।