राजनीति

माधव नेपालले भने – एमसीसीबारे ५ बजे निर्णय गर्छौं


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे विहीबारै निर्णयमा पुग्ने बताउनुभएको छ ।

विहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा आजै ५ बजे निर्णयमा पुग्ने बताउनुभएको हो ।

सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष नेपालले भन्नुभयो, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ ।’

सत्तारुढ गठबन्धनको बैठक बिहीबार ५ बजे बैठक बस्दै छ । माओवादी केन्द्रले यथास्थितिमा एमसिसी पारित गर्न खोजिए सरकार छाड्ने निर्णय गरिसकेको छ। एकीकृत समाजवादी पनि लगभग त्यही निष्कर्षमा रहेको बुझिएको छ।