राजनीति

अन्तर्राष्ट्रिय विश्वास कायम राख्न कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताउनुभएको छ ।

विहीबार नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को लोर्कापण कार्यक्रममा बोल्दै महामन्त्री थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताउनुभएको हो ।

त्यस्तै उहाँले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले नेपाली कांग्रेसले कुनैपनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दावी समेत गर्नु भयो ।