राजनीति

प्रधानमन्त्री देउवा भन्छन् – एमसीसी पास गर्न मरिमेटेर लागेको छु


काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताउनुभएको छ ।

विहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले आफू एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताउनुभयो । उहाँले एमसीसी राष्ट्रको हितमा रहेको दावी समेत गर्नु भयो ।