राजनीति

कांग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिन पर सर्‍यो (विज्ञप्तीसहित)


काठमाडौँ – नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति दुई दिन पर सरेको छ । अधिवेशन हुँन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पर सारेर फागुन १५ गते हुने भएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारेको सचिव केशव रिजालले जानकारी दिनुभयो ।

कांग्रेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।