राजनीति

एमसीसी पास फेल के हुन्छ थाहा छैन: प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास फेल के हुन्छ कसैलाई थाहा नभएको बताएका छन् । आफू एमसीसीको पक्षमा रहेको र संसदमा टेबल भएपछि पास फेल जे भए पनि त्यसलाई स्वीकार्ने बताएका हुन् ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने ।

साथै, देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने पनि बताएका छन् । उनले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’