राजनीति

बालुवाटारमा देउवा र प्रचण्डबीच भेट,पूर्वनिर्धारित गठबन्धन बैठका सर्याे


काठमाडौँ – आज बिहीबार दिउँसो तीन बजेका लागि बस्ने भनिएको सत्ता गठबन्धनको बैठक पाँच बजेका लागि सारिएको छ । आज बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्तापछि पूर्वा निर्धारित बैठक दुई घण्टाका लागि पछि सारिएको हो ।

एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि प्रचण्ड बालुवाटार पुगेका थिए । बिहान भएको छलफलमा दुई नेताले आ–आफ्नो अडान कायम नै राखेपछि बैठक पाँच बजेका लागि सारिएको हो ।

बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।