देश

जेब्रा झोलाभित्र भेटियो मानिसको टाउको र खुट्टा


काठमाडौँ – धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।

आपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा सो जंगलमा भेटिएको टाउको हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले बताएको छ ।

शवको प्रकृति हेर्दा पुरुषको जस्तो आंकलन गरे पनि अहिलेसम्म पहिचान भने खुल्न नसेको छैन । स्थानीयहरुले जंगलमा दाउरा खोज्न जाने क्रममा उक्त शव त्यस्तो अवास्थामा देखिएका थिए । शव देख्ने बित्तिकै उनीहरुले प्रहरीलई खबर गरेका थिए ।

घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।