राजनीति

संसद्बाट एमसीसी पास नगर्न कांग्रेसलाई चेतावनी


काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जब्बरजस्ती एमसीसी संसद्बाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिनु भएको छ । नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो¥याउनु भयो ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो सम्झौंतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्क समेत गर्नुभयो ।

सम्मानित नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने आफ्नो अधिकार भएको बताउनु भयो ।