काठमाडौँ — पूर्व प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापाले सवारी दुर्घटनामा दिवंगत छोरा बिप्लव थापाको स्मृतिमा बिप्लव थापा स्मृति ‘उत्कृष्ठ प्रहरी पुरस्कार’ अक्षय कोष स्थापना गरेका छन् ।
आज थापा धर्मपत्नी बिमला थापा तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयमा आयोजित समारोहमा उनले उक्त घोषणा गरेका हुन् । थापा परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीलाई हस्तान्तरण गरेका छन् ।

उक्त पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्यूनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १/ १ जना प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष नगद रु. २५ हजार तथा प्रशंसा-पत्रद्वारा सम्मान प्रदान गरिने छ ।
आफ्नो घर परिवार नभनी अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले रु. ५ लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट “बिप्लव थापास्मृति उत्कृष्ठ प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले बताउनु भएको छ ।


प्रतिक्रिया