राजनीति

काँग्रेसबाहेक सबै दल सडकमा : प्रहरीसँग दोहोरो झडप, दर्जनौं अश्रु ग्याँसले सकेन रोक्न (भिडियोसहित)


काठमाडौँ — सरकारले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने तयारी गरेसँगै देशभर प्रदर्शन चर्किएको छ । नेत्रविक्रम चन्द विप्लवसहितका ६ दलले नेपाल बन्द आह्वान गरेको दिन बुधबार दिउँसो काठमाडोँको नयाँ बानेश्वर क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितले प्रदर्शन गरे ।

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भयो । त्यसक्रममा निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन दक्षिण गेटसम्म पुगे । प्रदर्शनकारीलाई रोक्न तैनाथ प्रहरीले निषेधित क्षेत्रतिर आउन नदिन पानीको फोहरादेखि अश्रुग्याससम्मको प्रयोग गरे ।