राजनीति

सहमति जुटाएर एमसीसी फागुन ६ गते टेबुल गर्छौं : कानुनमन्त्री


काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबीच थप छलफल आवश्यक परेकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने बताएका हुन् ।