राजनीति

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित


काठमाडौँ – प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठक आउँदो शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेस गरियो ।

प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा शोक प्रस्ताव पारित पनि पारित गरिएको थियो ।