राजनीति

संसद् सुरु भएसँगै एमालेको नाराबाजी


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक सुरु भएको जानकारी गराएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले अवरोध गरेका छन् ।

उनीहरूले ‘संसदीय सर्वोच्चता कायम गर’लगायत नारा लगायतका नाराबाजी गर्दै अवरोध गरेका थिए ।

पार्टीले कारबाही गरेका १४ सांसद्बारे सभामुख सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले ती सांसदलाई कारबाही गरेको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न सभामुखलाई भन्दै आएको छ ।