राजनीति

एमसीसीबारे अन्तिम निर्णय लिन भोली गठबन्धनको बैठक बस्दै


काठमाडौँ – एमसीसीको बारे अन्तिम निर्णय लिन भोली ३ बजेका लागि बैठक बोलाइएको छ । आज मध्याह्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलले भोलीका लागि बालुवाटारमा बैठक बोलाउने निर्णय गरेको हो ।

केही बेर अघिमात्रै देउवा र दाहालबीचको छलफल सकिएको थियो । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार दुई नेताबीचको छलफलले भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको जानकारी दिएका हुन् ।

त्यसभन्दा अघि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो ।