राजनीति

प्रचण्डको सहमतिमै देउवाले पास गराउँदै एमसीसी


काठमाडौँ – आज भोलि दैनिक जसो सत्ता गठबनधनका शीर्ष तीन नेताबीच बालुवाटारमा भेट हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्षपुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच गठबन्धनलाई बचाउँदै सबै मुद्धामा सहमति खोज्ने प्रयास हुन्छ ।

जसमा राष्ट्रिय राजनीतिमा पेचिलो बनेको एमसीसी मुद्धालाई टुंग्याउँन ठूलो कसरत देखिन्छ । दैनिक घनिभुत छलफलमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका दलहरुलाई सहमत गराउँदै सदनमा एमसीसीलाई जतिसक्दो चाडो टेबल गराउँन चाहान्छन् । प्रचण्ड—माधव भने देउवाको सो प्रस्तावमा सधैं बहानाबाजी मात्रै नै खोजिरहेका छन् ।

गठबन्धनभित्रका दलहरुको जस्तासुकै मागहरु सम्बोधन गर्दै अगाडि बढेका देउवा एमसीसीप्रति प्रचण्ड र माधव नेपालले गरेको विमत्तिका कारण त्यति खुशी देखिदैनन् । तैपनि केही हदसम्म देउवाले प्रचण्ड, माधवलाई मनाउँदै एमसीसी जसरी पनि पास गर्ने रणनीतिका साथ अगाडि बढेका छन् । जसमा देउवाले आफ्नो पार्टीका नेताहरुलाई त एकढिक्का बनाईसकेका छन् ।