समाचार

फेरि उठेन काठमाडौंको फोहोर


काठमाडौँ – सिसडोल ल्यान्डफिल्ड साइटमा फोहोर पु¥याउन नसक्दा काठमाडौंको फोहोर फेरि उठ्न छाडेको छ । पासाङ ल्हामु सडकखण्ड कालोपत्रेको माग गर्दै स्थानीयले आइतबारदेखि सडक अवरोध गरेपछि फेरि फोहोर उठ्न छाडेको हो । काठमाडौं महानगरपालिकाअन्तर्गतको वातावरण विभागले फोहोर उठ्न छाडेको र अब कहिलेदेखि उठ्ने टुंगो नभएको बताएको छ ।

उक्त सडकखण्डमा सडक विभागले काम गरिरहेको छ । महानगरले फोहोर उठाउन नसक्दा फेरि पनि काठमाडौंका चोक, गल्ली र सडकमा फोहोर थुप्रिन थालेका छन् । फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय नखोज्दा काठमाडौँका सडकमा पटक–पटक फोहोर थुप्रिने गरेको छ ।