देश

जापान जान चाहने विद्यार्थीलाई सहजिकरण गर्दै नेपाल करियर, कसरी हुने सहभागी ?


काठमाडौँ — जापान अध्ययन गर्ने धेरै नेपाली विद्यार्थीहरुमा अध्ययन पूरा भएपछि रोजगारीमा समस्या देखिनु नौलो कुरा हैन ।

अध्ययन सकिएपछि भाविष्यामा के गर्ने र कसरी अघि बढ्न सकिन्छ भने बारे विद्यार्थीहरुमा ज्ञान नहुँदा यस्तो समस्य आएको जापानमा रहेका नेपाली संघसंस्थाहरु र कन्स्ल्टेण्टहरुले निष्कर्ष निकालेका छन् । यसै विषयलाई माध्यनजार गर्दै नेपाली विद्यार्थीहरुले जापान आउनु अघि नै भविष्यमा के गर्ने वा के गर्न सकिन्छ भनेबारे उचित तारीकाले बुझाउने उद्देश्यले नेपालमा रहेको जापानी भाषा इन्स्टिच्युट ओहायो एकेडेमी सोलुसन्स् सँग समुन्वय गरि ‘नेपाल करियर’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
‘नेपाल करियर’ कार्यक्रम सञ्चालान गर्न दुई जापानी कन्सल्टेण्टमा रेउ इसिहारा, आया र ओहायो एकेडेमी सोलुसन्स् रहेको ओहायो एकेडेमीका प्रबन्धक निर्देशक ङिमा दोर्जी शेर्पा लामाले बताउनुभयो ।

शेर्पाले भने ‘हाम्रो टीमले अनुसन्धान गर्दा नेपाली विद्यार्थीहरुले करियर प्रतिको चेतानको कमिले गर्द बहुसंख्यक विद्यार्थीमा शिक्षित बेरोजागार देखियो ।’ अहिले धेरैजसो विद्यार्थी आफ्नो रुचिको विषयमा गहिरो अध्ययन नहुँदा र साथीभाइको लहैलहैमा लागेर विदेश पढ्न जाने भएकाले यो समस्य देखिएको बताउनुभयो । उहाँले भन्नुभयो यो समस्यमा केही टेवा पुग्ने हेतुले फागुन १३ गते शुक्रबार दिउँसो ३ बजेबाट अनलाईन जुम मार्फत नेपाल करियर कार्यक्रम हुन लागेको ओहायो एकेडेमीका प्रबन्धक निर्देशक ङिमा दोर्जी शेर्पा लामाले जानकारी दिनुभयो ।

यस कार्यक्रममा जापानी कन्सल्टेण्ट रेउ इसिहारा सान र आया वाताराई सानले नेपाल करियबारे परिचय दिने कार्यक्रम तय भएको शेर्पाले बताउनुभयो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुको प्रश्न जवाफको समय समेत रहेको बताउनुभयो । शेर्पाले भने ‘करियर प्रति चासो राख्ने जो कोहिले पनि यस कार्यक्रममा भाग लिन सक्ने छन् ।’

सहभागीताका लागि फारम भरि नेपाल करियरको [email protected] इमेल पठाउनु पर्ने छ । त्यस लगत्तै जूम आइ डि र पास्वोर्ड पठाइने छ ।