राजनीति

कांग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलायो


काठमाडौँ – नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार बिहान ९ का लागि संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेस संसदीय दलको बैठक संघीय संसद्को ल्होत्से हलमा बस्ने छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव, अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ।