राजनीति

महाअभियोग: एमसीसी पास गराउने खेल, जोगिए माधवका १४ सांसद


काठमाडौँ – केहि दिनदेखि एमसीसीमा रुमलिएरहेको राष्ट्रिय राजनीति आईतबार नयाँ तरङ आयो । छापामार शैलीमा प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबरालाई सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि सबैको ध्यान यतैतर्फ आकृष्ट भएको छ ।

केहि हप्ता अघि स्थानीय तहको निर्वाचनको मिति घोषणाले तातिएको राजनीति विस्तारै एमसीसीमा केन्द्रित बनिरहेको थियो । यहि परिस्थतीमा क्रमभंग हुँदै प्रधानन्यायधिशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि राणा निलम्बनमा परेका छन भने एकाएक किन यस्तो निर्णय गरियो भन्नेतर्फ सबैको चासो बढेको हो ।