राजनीति

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ । सभामुखसँग आफूहरुको असहमति रहेकै बेला बैठकमा जानुको कुनै अर्थ नरहेको भन्दै एमालेले बैठक बहिष्कार गरेको हो ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बोलाएका थिए ।

आज बस्ने सर्वदलीय बैठकमा महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले जानकारी दिएका छन् । साथै, संसदको गतिरोध अन्त्य तथा एमसीसी सम्झौता लगायतका विषयमा पनि छलफल हुने छ ।