राजनीति

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

बैठकमा संसदको गतिरोध अन्त्य तथा एमसीसी सम्झौता लगायतका विषयमा छलफल हुने छ । संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाइएको छ ।