राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय


काठमाडौँ — नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।