राजनीति

दलहरु एमसीसी र महाअभियोगमा केन्द्रित, सदन कसरी अगाडि बढ्ला ? (भिडियोसहित)

सभामुख प्रधानमन्त्रीकै निर्देशनमा चल्छ : अध्यक्ष प्रचण्ड


काठमाडौँ — संसद पुनस्थापना भएपश्चात निरन्तर प्रतिपक्षको अवरोधले प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन । पछिल्लो समय दलहरु एमसीसी विवादमा रुमलिँदा निरन्तर संसद वैठक नै स्थगित भईरहेको छ । यही बेला गठबन्धनले प्रधानन्यायधीसमाथी महाअभियोग प्रस्ताव पेश गरेसँगै फागुन ४ को सदन कसरी अगाडि बढ्छ भन्ने चासो बनेको छ ।

फागुन २ गते सोमबार दिउँसो एक बजे बोलाइएको प्रतिनिधिसभाको वैठक विशेष कारण देखाउँदै स्थागित भयो । संंसद वैठक फेरि सारेको यो तेस्रो पटक हो । आगामी वैठक फागुन ४ गतेका लागि बोलाइएको छ । बैठक सारिएको संसद सचिवालयबाट त्यत्तिबेला सार्वजनिक भयो जतिबेला प्रधानन्यायाधिसमाथि महाअभियोग प्रस्ताव दर्ता भएको खबर भर्खरे फैलिदै थियो ।

एमालेको अवरोध र एमसीसीको अन्योलताका कारण सभामुख सापकोटाले सदनलाई तर्काउँदै आएका थिए । सत्ता स्वार्थमा महाअभियोगको प्रस्ताव अघि बढेकाले एमालेको यस अघिकै अवरोधलाई ख्याल गर्दै अबको बैठक कसरी अघि बढ्ला भन्ने सबैले चासो व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यो संसदबाट निकास नहुने र अर्ली इलेक्सनमा जानु पर्ने अडान लिएको छ । कारवाहिको सिफारिस गरेको सांसदको निलम्बनको अडान एमालेको अर्काे जोडदार माग हो । यी माग सम्बोधन नगरे सभामुखले राजीनामा गर्नु पर्ने एमालेको अर्काे चर्काे अडान छ । प्रधानन्यायाधीसको महाअभियोग प्रस्ताव अघि सारेर सत्ता गठवन्धनले विषयान्तर गर्न खोजेको भन्दै एमालेले संसदलाई चल्न नदिने बटमलाइन बनाएको छ ।

राजनीतिक आवरणमा एमसीसीको चर्काे विरोध गर्दै आएको माओवादी पार्टीभित्र पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्नी सापकोटा आपसी समन्वयमै रहेकाले एमसीसी सदनमा टेबल नहुने चर्चा छ । यद्यपी प्रधानन्यायाधिसको महाअभियोगको प्रस्ताव अघि बढेपछि सभामुख सापकोटा, अध्यक्ष प्रचण्ड दुवै एजेण्डा सदनमा टेबल गर्न राजी भएको सुचना पनि गाइगुइ सुनिन थालेको छ । तर प्रचण्डले प्रधानमन्त्रीकै निर्देशनमा सदनको कामकारवाहि हुने गरेका उल्लेख गर्दै यो सभामुख र आफ्नो सम्वन्धका बारेमा अनेक खालको टिकाटिप्पणी जरी नभएको प्रष्ट्याए ।

एमसीसी मुद्धा पेचिलो बनिरहेकै बेला सत्ता गठबन्धनले प्रधानन्यायशीस चोलेन्द्र शमशेर राणा जवरामाथि महाअभियोगको प्रस्ताव पेश गरेपछि दलहरुको ध्यान सदनतर्फ नभई महाअभियोग र यसबाट कसरी लाभ लिनेतर्फ केन्द्रित बन्ने पक्का छ । विवास्पद एमसीसी,सभामुख र प्रतिपक्षबीचको टकरावकैबीच एकाएक प्रधानन्यायधीसमाथिको महाअिभयोगका कारण अब सत्तापक्ष र प्रतिपक्षबीको दुरी ,सदनमा दलहरु कसरी अगाडि बढ्छ धेरैको चासोको विषय बनेको छ ।