राजनीति

सर्वोच्चले जबरालाई न्यायाधीशको सूचीबाट हटायो, सुरक्षाकर्मी फिर्ता बोलायो


काठमाडौँ – सर्वोच्च अदालतले आफ्नो वेबसाइट बाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायाधीशकै सूचीबाट हटाएको छ ।
जबराको नाम र फोटो भएको ठाउँमा अहिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको राखिएको छ ।

सत्तारुढ ९८ सांसदले आइतवार महाअभियोग प्रस्ताव दर्ता गरेसँगै स्वतः निलम्बनमा परेका जबराको नाम र फोटो हटाएर कायममुकायममा दीपक कार्कीलाई उल्लेख गरिएको छ । कार्की सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हुन् ।

जबराको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई पनि फिर्ता बोलाइएको छ । सरकारी निवास बालुवाटारमा तैनाथ सुरक्षाकर्मी फिर्ता बोलाएर कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीका लागि खटाइएको छ ।