राजनीति

एमालेले सोमबारका लागि संसदीय बैठक बोलायो


काठमाडौँ – पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।