राजनीति

प्रतिनिधि सभा बैठक ४ गतेसम्मको लागि स्थगित


काठमाडौँ – प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद् सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको हो ।

यसअघि संसद् बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । संसद् सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।