राजनीति

प्रधानन्यायाधीशविरुद्ध संसद्मा महाअभियोग दर्ता


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ। गठबन्धनका सांसदहरुले आइतबार बिहान जबराविरुद्ध महाअभियोगको मुद्दा दर्ता गराएका हुन् ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू,गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायतका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । संसद्मा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा परेका छन् ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका राणाविरूद्ध बारबाटै आन्दोलन हुँदै आइरहेको छ ।

जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।