राजनीति

बालुवाटारबाट सिधै मधेशतिर लागे प्रचण्ड


काठमाडौँ – आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

एमसीसीको विषयमा छलफल गर्न आज भएको भेट पनि विना उपलब्धी नै टुंगियो । तीनै नेताहरुले पूर्ववत् आफ्नै अडानमा अडिग भएपछि कुनै पनि उपलब्धी ननिस्किएको हो ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए भने प्रचण्ड र नेपालले संशोधनबिना अघि बढाउन उचित नहुने पूर्ववत् अडान राखेका थिए ।

तीन नेताबीच शनिबार पनि छलफल भएको थियो । प्रधानमन्त्रीसँगको भेटवार्तापछि अध्यक्ष प्रचण्ड आइतबार नै जनयुद्ध दिवसका विभिन्न कार्यक्रममा सहभागी हुन मधेस प्रदेश हिँडेका छन् ।