राजनीति

एमालेले सुरु गर्याे देशव्यापी प्रशिक्षण कार्यक्रम


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्दै छ । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम प्रदेश १ बाट सुरु हुँदै छ ।

फागुन १७ गते सुदुरपश्चिममा प्रशिक्षण भएपछि कार्यक्रम सम्पन्न हुने एमालेले जनाएका छ । प्रदेश १ को प्रशिक्षण आज र भोलि हुने छ । प्रशिक्षणमा प्रदेश इञ्चार्ज तथा सह इञ्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज–सहइञ्चार्ज सहभागी हुने छन् ।

यस्तै, प्रदेशका सबै जिल्ला कमिटीका पदाधिकारी, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख,एमालेबाट निर्वाचित जिल्ला समन्वय समिति प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख, एमालेबाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुख र पालिका पार्टी कमिटीका अध्यक्ष सहभागी हुने छन् ।