राजनीति

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा एमसीसी परियोजना, स्थानीय तहको निर्वाचन, सत्ता गठबन्धन र म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनबारे छलफल हुने छ । गत शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरेको थियो ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका दर्जन बढी भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको लामो समयदेखि अधिवेशन हुन सकेको छैन् ।