राजनीति

एमसीसी पास गराउने दवावले सभामुख संकटमा


काठमाडौँ – एमसीसी पास गराउन बढ्दो दवाव र सोहि अनुरुपको सरकारी तदारुकताका कारण सभामुख अग्नी सापकोट थप चेपुवामा परेका छन । आगामी संसद् बैठकमा जसरी पनि एमसीसी सम्झौता टेवल गराउनुपर्ने दवाव र त्यसमा सभामुख तगारो बनेपछि सत्तासंग समेत द्वन्द बढेको हो । लामो समयदेखि प्रमुख प्रतिपक्षी दल एमाले र सभामुख अग्नी सापकोटाबीच देखिएको द्वन्दमा अव सरकार पनि मिसिएको छ ।

अमेरिकाको बढ्दो दवाव र चेतावनी पछि आगामी संसद्मा निर्णायक कदम चाल्न अघि बढेको नेपाली कांग्रेस र त्यसको विरोधमा सभामुख देखिएपछि सरकारसंग पनि सभामुखको द्वन्द बढेको हो । यसअघि पनि तत्कालिन सभामुख कृष्णबहादुर महराका कारण एमसीसी रोकिएको थियो भने अहिले पनि राष्ट्रिय सहमती नभई सम्झौता टेवल नगर्ने पक्षमा सभामुख नै देखिएका छन ।

एमसीसी पास गराउन पर्ने भए एमालेले गरिहरको अवरोध हटाओस् भन्ने उनको आशय छ । जसले गर्दा बजेट जसरी जवरजस्ती एमसीसी पास गराउन पर्ने स्थिती नआओस् र एक्लो अपजस आफूले खप्न नरोस् भनेर उनी फेस सेभिङको खोजिमा छन् । यहि कारण जसरी पनि एमसीसी पास गराउन लागिपरेको कांग्रेसंग पनि उनको दरार बढिरहेको छ ।

आफूले कारबाही गरेका सांसद्लाई बचाएको भन्दै एमालेले सभामुखको आलोचना गरिरहेको छ । उनलाई हटाए एमसीसी पास गर्न साथ दिने प्रस्ताव समेत राखेको एमालेले सभामुख माथि निरन्तर प्रहार गरिरहेको छ ।

सभामुखले सरकारी विजनेस रोक्नु र एमालेले कारवाही गरेका १४ जना सांसद्को सूचना सभामुखले लुकाउनु उस्तै भएको बताँउदै आएको एमालेले संसद् अवरुद्ध मात्र पारेको छैन कि सभामुखलाई कालो झण्डा देखाउनेसम्मको हर्कत जारी राखेको छ । तर एकीकृत समाजवादीले भने सभामुखको कामको प्रशंशा गर्दै सर्बोच्च अदालतमा भएको मुद्धामा एमालेको विरोध अनैतिक कार्य भएको बताएको छ ।

यहि परिस्थीतीमा एमालेको संसद् अवरोधले भने सभामुखलाई सरकारको नजरमा समेत अयोग्य बनाँउदै लगेको छ । आफू संसद्मा सहभागी हुन चाहे पनि सभामुखले वातावरण नबनाएको एमालेको आरोप र संसद्मा एमसीसी जसरी पनि टेवल गर्नुपर्ने बाध्यताले ओली देउवालाई सम्मुख बनाएको छ । फलत ः एमाललेको माग मानेर संसद खोल्ने कि दुवै दलको दवाव भोग्ने विकल्प मात्र सभामुखसंग बाँकी छ ।

एकातर्फ संसद खोल्नै पर्ने वाध्यता सिर्जना हुँदै जाने र अर्कोतर्फ एमालेले अवरोध कायम राख्ने गर्दा सभामुखमाथि निरन्तर दवाव बढ्दो छ । आफूमाथिको सकस हटाउन उनले माफि नै मागेर एकीकृत समाजवादी सांसद वर्खास्त गर्ने स्थिती पनि छैन । यहि परिस्थीतीलाई एमालेले भने हलो अड्काउने र गोरु पड्काउने रणनितिमा प्रयोग गरिरहेको छ ।