राजनीति

एमसीसीबारे विवाद निरर्थक भएको महन्थ ठाकुरको भनाई


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताउनुभयो भएको छ । जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रुपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताउनुभयो ।

उहाँले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपुर्ण विषय भएको बताउनुभयो । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरुको विषयमा सरोकारवाला निकायले आफनो पक्ष राखि सकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउदै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताउनुभयो ।