राजनीति

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ मा बस्ने


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ११ गते काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने बताइएको छ ।

जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना राप्रपाको छ । पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने राप्रपाले बताएको छ ।