राजनीति

दुई मन्त्री थप्दै देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले खाली रहेको दुई मन्त्रालयमा मन्त्री थप्ने तयारी गरिरहेको बुझिएको छ । देउवानिकट श्रोतका अनुसार रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थप्ने तयारी गरेको बुझ्न आएको हो ।

स्रोतका अनुसार आउँदो सोमबारसम्म रिक्त रहेको स्थानमा मन्त्रीमण्डल विस्तार गर्ने छ । थपिने दुवै मन्त्री नेपाली कांग्रेसका तर्फबाट हुने स्रोतको दाबी छ । हाल ती मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्दै आएका छन् ।

देउवा प्रधानमन्त्री भएपछि मात्रै उनले तीनपटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन् । अहिले मन्त्रिपरिषद् २३ सदस्यीय छ । दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।