राजनीति

एमसीसीको विरोधमा सहभागी हुन आह्वान


काठमाडौँ – एमसीसीको विरोधमा सहभागी हुन २२ वामपन्थी दल र केही राजनीति मोर्चाले आह्वान गरेका छन् । सोमबार राजधानीमा विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि ती दल र मोर्चाले अपील गरेका हुन् ।

राजधानीको माइतीघरदेखि नयाँ वानेश्वरसम्म हुने विरोध र्‍यालीमा नेकपा माले, नेकपा (संयुक्त), नेकपा (मालेमा केन्द्र) लगायतका २२ वामपन्थी, मोर्चा, अभियान र संगठनको सहभागिता रहने पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मैनालीले विरोध र्‍यालीमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा फागुन १ गते बागबजार चोकदेखि शान्तिबाटिका सम्म मसाल जुलुस समेत आयोजना गरिएको विज्ञप्तिमा जनाइएको छ ।