राजनीति

६ जना एसपीको काज सरुवा


काठमाडौँ – प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । तीन जिल्लाका प्रहरी उपरीक्षकहरूको काज सरुवा गरिएको छ । चितवन जिल्लामा नवराज अधिकारीलाई काज खटाइएको छ ।

चितवनका एसपी ओम अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । महोत्तरीमा प्रहरी उपरीक्षकमा कृष्ण पंगेनीको सरुवा भएको छ । त्यहाँ कार्यरत् दिनेश आचार्यको महानगरीय अपराध महाशाखामा सरुवा भएको छ ।

यस्तै, बर्दियामा अख्तियारमा कार्यरत् वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ । बर्दियाका एसपी ईश्वर कार्कीको कार्य विभागमा सरुवा भएको छ ।