राजनीति

१६ जिल्लाको कांग्रेस अधिवेशन फागुन १३ मा


काठमाडौँ – नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसैबीच, कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीका विषयमा राजनीतिक दलहरुबीच सहमति नभए पनि संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने बताउनुभएको छ ।

कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने पनि बताउनुभएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने सुझाव दिएका छन् ।