समाचार

सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी फेरिए


काठमाडौँ — सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयका अनुसार सोलुखुम्बुमा अनिल खनाल सीडीओ बनेर गएका छन् भने सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरेको छ ।

ताप्लेजुङमा महेश पोखरेललाई सीडीओ बनाएर पठाइएको छ । यसअघि पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी थिए ।