समाचार

दुधको मूल्य वृद्धि गरेकोमा निजी डेरी उद्योगको आपत्ति, उपभोक्तासँग १० रुपैयाँ बढी लिने तयारी (भिडियोसहित)

डीडीसी र निजी डेरी उद्योगको विवाद के हो ?


काठमाडौँ — सरकारले दुधको मूल्य वृद्धि गरेसँगै उपभोत्ता मात्रै होइन नीजि डेरी उद्योगहरुले पनि आपत्ति जनाईरहेका छन् । नीजि संस्थानहरुले अबका दिनमा दुग्ध विकास संस्थान सँग सँगै जान नसक्ने भन्दै आक्रोश पोखेका छन् ।

नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएको भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए । उनले अबका दिनमा आफूहरु दुग्ध विकास संस्थानसँग सँगै जान नसक्ने र किसानरुलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताए ।

त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढेपनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने बताए । उनले संस्थानको पछिल्लो निर्णय व्यवहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रको लागि राम्रो नभएको भन्दै आक्रोश पोखे ।

त्यस्तै अर्का व्यवसायी अरनिको राजभण्डारीले दुग्ध विकास संस्थानको निर्णय अव्यवहारिक भएको र यसकै कारण किसानहरु फस्टाउन नसकेको बताए । उनले अब निजी क्षेत्रले यसको नेतृत्व गरेर अघि बढ्ने र किसानहरुलाई उचित मूल्य दिने जिकिर गरेका छन् । दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै कच्चा दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि गरि शुक्रवार देखि लागू हुने जनाएको थियो । जसको विरोधमा नीजि दुग्ध संस्थानहरु उभिएका छन् ।