राजनीति

ओलीलाई प्रचण्डको फोन–एमसीसीबारे निर्णय गरिदिनुस्


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा एमसीसीको विषयमा निर्णय गर्न आग्रह गरेको छ । प्रचण्डले ओलीलाई फोन गरेर ओलीलाई टेलिफोन गरेर एमसीसीमा निर्णय गरिदिन अनुरोध गरेको एमाले नेता विष्णु रिजालले जानकारी गराएका हुन् ।

प्रचण्डले एमालेको धारणा सार्वजनिक भएपछि आफूहरुलाई निर्णय गर्न सहज हुने धारणा राखेका थिए । रिजालले ओली र प्रचण्डको वार्तालापलाई उद्धृत गर्दै फेसबुकमा यस विषयको जानकारी गराए । जवाफमा ओलीले पहिले सत्ता गठबन्धनकोले आफ्नो निर्णय लिएपछि आफूहरुले निर्णय लिन बताए ।

उनका अनुसार ओलीले दाहाललाई पहिले ओलीलाई हटाएपछि निर्णय गर त्यसपछि ४,५ महिनामा पारित गर्छौँ भनेर लिखित कागज गरेको र अहिले सत्ता चलाइरहेकाले सत्तारुढ गठबन्धनले नै निर्णय गर्न भनेका थिए ।