काठमाडौँ – तुलसीपुर उपमहानगरपालिका–५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनमा रहेको ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको हो ।
आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृतक र घाइतेहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, आगलागीमा नै परेर एक जना घाइते भएको छ । आज बिहान दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


प्रतिक्रिया