राजनीति

‘स्थानीय चुनावमा कांग्रेस विना गठबन्धन एक्लै लड्छ’


काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताएका छन् । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिदैँ नेता कोइरालाले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिलि एक्लै जानुपर्ने धारणा राखेको बताए । उनले एमसीसी परियोजना पारित गर्नुपर्ने पनि बताए । स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको जानकारी गराएका थिए ।