राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । बिहीबार दिउँसो सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, पार्टीको भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन र रोकिएका १६ जिल्लाको अधिवेशनको विषयमा छलफल भएको छ ।

बिहीबारको बैठकमा नेताहरु डा.शशांक कोइराला, डा.रामशरण महत, सुनीलबहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।