राजनीति

सरकारविरुद्ध सडकमा युवा संघ, मुल्यवृद्धि फिर्ता लिनुपर्ने र मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग (भिडियोसहित)


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै कारण सदन अनिर्णय बन्दी बनेको छ । सदन प्रभावहिन बनाएको एमाले सरकार विरुद्ध सडकमा पनि थप आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । पछिल्लो समयमा एमाले निकट भातृसंगठनहरु दैनिकजसो सरकार विरुद्ध सडकमा उत्रिन थालेका हुन् ।

केहि दिन अघि स्वास्थ्यमन्त्रीविरुद्ध उजुरी दिन पुगेको युवा संघ नेपालले विहिबार काठमाडौमा विरोध प्रर्दशन गरेको छ । स्थानीय तह निर्वाचनको स्वीकार्यता, मुल्यवृद्धि फिर्ता, रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, खोप चोरी प्रकरणको छानविन लगायतका प्लेकार्डसहित युवा संघसँग आवद्ध महिलाहरु सरकारविरुद्ध सडकमा उत्रिएका हुन् ।

आम सर्वसाधरणको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार वेखबर जस्तो बनेकाले खवरदारी गर्न सडक रोजेको नेतारुको दावी छ । सरकार विरुद्ध सदनदेखि सडकको संघर्षमा उत्रिएको नेकपा एमालेको विरोध अझ शसतm हुने नेताहरु बताउँछन । सरकारलाई जनताको समस्या सुनाउने र दवाव दिन सडक नै अन्तिम विकल्प भएकाले आफुहरु बाध्य भएर सडकमा उत्रिएको नेताहरुको तर्क छ ।

नागरिकको जनजीविकासँग प्रत्यक्ष जोडिएका मुल्यवृद्धि लगायतका समस्याप्रति सरकारको ध्यानकर्षण गराउन एमाले निकट विभिन्न संङगठनहरु सडकमा छन । तर उनीहरुको यो विरोध देखावटी र विरोधका लागि मात्र विरोध भएको उपभोक्ताकर्मीहरुको आरोप छ ।

नेपालको सन्दर्भमा हरेक परिवर्तनका लागि सडकबाटै सम्भव भएका धेरै उदाहरण छन् । तर कुनै पार्टी वा पार्टीको नेताहरुको निश्चित निर्देशनमा हुने यस्ता आन्दोलन भने प्रभावकारी हुन सकेका छैनन् । राजनीतिक दलका भात्रृ संगठनहरुमाथि नेता खुशी पार्न नेताकै निर्देशनमा सडकमा आएर जनताका विषय उठाए जस्तो मात्र गर्ने आरोप लाग्दै आएको छ । पछिल्लो समय एमाले निकट भातृ संगठनहरुको विरोध नागरिकको समस्या समधान उन्मुख भन्दा पनि चुनाव लक्षित त होइन आशंका पैदा भएको छ ।