राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने


काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

बिहीबार दिउँसो सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, पार्टीको भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन र रोकिएका १६ जिल्लाको अधिवेशनको विषयमा छलफल भएको छ ।

बिहीबारको बैठकमा नेताहरु डा. शशांक कोइराला, डा. रामशरण महत, सुनीलबहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार नेताहरुले बोल्ने क्रम नसकिएकाले शुक्रबार पनि बैठक बस्ने बताए ।