राजनीति

कांग्रेस बैठकको निष्कर्ष : अन्योल हटाएर एमसीसी अघि बढाउने


काठमाडौँ — प्रमुख सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनमा अहिले देखिएको अन्योल हटाएर संसदमा लैजाने भएको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्थानीय तह निर्वाचनमा सशक्त रुपमा प्रस्तुत हुने निचोड पनि निकालेको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अहिले पार्टीलाई स्थानीय तह निर्वाचनतर्फ केन्द्रित गर्नेबारे छलफल भएको छ ।’स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने विकल्पबारे आजको बैठकमा कुरा भएको छु, महतले भने ।

बैठकमा अहिले नै पाँच दलीय गठबन्धनबारे कुनै निर्णय नगरिएको पनि महतले बताए । ‘गठबन्धनको विषयमा निर्णय गर्ने बेला भएको छैन । सबै दलले आफ्नो आधारबारे मूल्याङ्कन गर्लान् ‘ उपयुक्त समयमा निर्णय आउँछ ।

महतका अनुसार शुक्रबार दिउँसो २ बजे बस्ने गरी आजको कार्यसम्पादन समिति बैठक स्थगित गरिएको छ ।