राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


काठमाडौँ – नेकपा माओवादी केन्द्रको शुक्रबार र शनिबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो । तर अघिल्लो दिन बैठक स्थगित गरिएको हो ।

पार्टी कमिटीलाई पूर्णता दिन, स्थानीय तह निर्वाचन तयारीलगायत एजेन्डामा छलफलका लागि भन्दै बैठक बोलाइएको थियो ।