राजनीति

प्रचण्डले भने – मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस माओवादीमय बन्ने दाबी गर्नुभएको छ । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्लालगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रियालगत्तै भयानक हत्याकाण्डहरू मच्चाइएको बताउनुभयो ।

मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो भनेर लहर चल्दै गर्दा त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भएको प्रचण्डको आरोप छ ।

आफूलाई मधेसका मसिहा भन्नेहरू केपी ओलीसँग साँठगाँठ गर्न पुगेको भन्दै अब मधेसका जनताले माओवादीको विकल्प नखोज्ने विश्वास प्रचण्डले व्यक्त गर्नुभयो ।